नेपाली कांग्रेस बीपीले देशभर उम्मेदवारी दिने

नेपाली कांग्रेस बीपीले देशभर उम्मेदवारी दिने

धनगढी । नेपाली कांग्रेस बीपीले मंसिर ४ मा हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा देशभर उम्मेदवारी दिने निर्णय गरेको छ। कांग्रेस बीपीको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको हो। 

प्रवक्ता शिव सिमखडाले आइतबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए। 
उनले निर्वाचन परिचालनका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा कमिटीहरु गठन गर्ने निर्णय गरिएको पनि जानकारी दिए। 

प्रवक्ता सिमखडाका अनुसार पदाधिकारी बैठकले तरुण दल बीपीको नाम परिवर्तन गरेर नेशनल युथ कांग्रेस राखेको छ। कांग्रेस बीपीले आमनिर्वाचनलाई लक्षित गरेर केन्द्रीय कार्यालय सञ्चालनको जिम्मा सहमहामन्त्री जगन्नाथ घिमिरेलाई दिएको छ।