बडिमालिका दर्शन गर्न बाजुराको सरकारी टोली प्रस्थान

बडिमालिका दर्शन गर्न बाजुराको सरकारी टोली प्रस्थान

बाजुरा । बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको हो ।

 बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु आजै देखी प्रस्थान गरेका छन ।

यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । बडिमालिका यात्रा बर्ष योजनाका साथै बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट स्वयम सेवक पठाएर कार्य थालिसकेको प्रबक्ता पाध्याले बताएका छन । बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुर्णिमाको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली आज बिहानै प्रस्थान गरेको छ ।

यस बर्ष साउन २६ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।
अघिल्लो २ बर्षहरुमा कोरोना महामारीका कारण धेरैले पुजा भर्न पाएका थिएन । यो बर्ष धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने अुनमान गरिएको छ ।

पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ ।

बडिमालिका दर्शन गर्न सरकारी टोली प्रस्थान