आज  ९ सय ३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

आज  ९ सय ३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।