बैतडीमा वृक्षरोपण गरेर मनाईयो सामुदायिक वन दिवस

बैतडीमा वृक्षरोपण गरेर मनाईयो सामुदायिक वन दिवस

बैतडी । आज सामुदायिक वन दिवस, देशभरी विभिन्न कार्यक्रम गरि मनाईएको छ । बैतडीमा पनि सामुदायिक वन दिवसको अवसरमा सामुहिक वृक्षारोपण गरिएको छ । नयाँ बनेको जिल्ला अस्पताल बैतडीको भवन वरिपरि सामुहिक वृक्षारोपण गरिएको हो ।
 
‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमि’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

दिवसको अवरमा आज अस्पताल वरिपरि करिब ३ सय विरुवाहरु रोपिएका छन् । ओखर, लप्सी, टिमुर, फुलहरु लगायतका विरुवा रोपिएको डिभिजन वन अधिकृत भिमप्रसाद कडेलले बताउनुभयो । उहाँका अनुसार उक्त रोपिएका विरुवाहरुको संरक्षणका लागि तारबारको समेत व्यवस्था गरिने छ । 
 
वृक्षारोपणले जिल्ला अस्पताल वरिपरिको वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने जिल्ला अस्पतालका व्यवस्थापक सुमन महराले बताउनुभयो । महराका अनुसार अस्पतालमा आउने बिरामीका लागि शान्त वातावरण सृजना गर्न वृक्षारोपणका साथै बगैचा स्थापनको लागि पनि कार्यक्रम बनाईने छ ।  

वृक्षारोपण मात्रै नभई रोपिएका विरुवालाई संरक्षण गर्नपनि उतिक्कै आवश्यक भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनुभयो