चालू आर्थिक वर्षको पहिलो महिना सकिन लाग्दा ६८ स्थानीय तहले गरेनन् बजेट सार्वजनिक

चालू आर्थिक वर्षको पहिलो महिना सकिन लाग्दा ६८ स्थानीय तहले गरेनन् बजेट सार्वजनिक

काठमाडौं, । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो महिना सकिन लाग्दा पनि नेपाल भरीका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८र७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् ।

देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक नगरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ असार १० मा बजेट पारित गरेर अनिवार्य रूपमा पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनिधेरैले बजेट ल्याउन नसकेको सङ्घीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले  बताए । बजेट पेस नभएसम्म सार्वजनिक गरे नगरेको जानकारी नहुने भएकाले अनिवार्य रूपमा पेस गर्नुपर्ने बजेट पेस गर्नका लागि दुई पटक सूचना सार्वजनिक गरे पनि ६८ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेको वक्ता अधिकारीले जानकारी दिएका छन ।