परराष्ट्र मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुने

परराष्ट्र मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुने

काठमाडौं । नेपालका परराष्ट्र मन्त्री डा नारायण खड्का चीन भ्रमणमा रहेका छन ।   परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुन लागेको बताएको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको छ। 

परराष्ट्र मन्त्री खड्का गएराति ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै  चीन प्रस्थान गरेका थिए। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

चीनको छिङताओ शहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।