पूर्वमन्त्री झाँक्रीलाई नेकपा एसले कारबाही गर्ने

पूर्वमन्त्री  झाँक्रीलाई नेकपा एसले कारबाही गर्ने

नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने भएको छ । झाँक्रीले पार्टीको विधानविपरित  अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टी निकट उच्च स्रोतले जानकारी दिएको छ ।

झाँक्रीलाई मन्त्री बनाउनको लागि अध्यक्ष माधव नेपालले नै ठूलो भूमिका खेलेका थिए । मन्त्री बनेपछि झाँक्रीको अध्यक्ष नेपालसँग राम्रौ सम्बन्ध थियो । अहिले भने अध्यक्ष नेपालसँग पनि उनको बोलचाल बन्द छ ।  हिजोमात्रै अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले नेतृ झाँक्रीबारे छलफल गरेका थिए ।पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ ।

कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको पनि बताउन थालेका छन् ।उनीहरुले झँक्रीको व्यवहार यस्तै कायम रह्यो र पार्टीको हितविपरित अभिव्यक्ति दिए अनुशासनको कारबाही गर्नेसम्मको तयारी गरेको स्रोतको दाबी छ। 

तर, मन्त्रीबाट हटाउने निर्णय गरेपछि भने उनी अध्यक्ष नेपालसँग रुष्ट बनेको बताईन्छ । उनले आफूहरुलाई एक वचन पनि नसोधी अध्यक्षले अपमानजनक रुपमा मन्त्रीबाट फिर्ता बोलाएको भनेर सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेकी थिईन् ।