प्रचण्ड प्रतिनिधिसभाको चुनाबमा चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने

प्रचण्ड प्रतिनिधिसभाको चुनाबमा चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको  चुनाबमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने भएका छन । आगामी मंसिरमा ४ हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट पारेका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले मंगलबार टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन् ।

म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु । मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला प्रचण्डको भनाइ छ । उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए ।