माया मेट्रो अस्पतालमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई विशेष छुट

माया मेट्रो अस्पतालमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई विशेष छुट

धनगढी । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले धनगढीमा रहेको माया मेट्रो अस्पतालले दिने सेवामा विशेष छुट पाउने भएका छन् । अस्पतालले दिने सेवा छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।