बाजुरामा  एक मेडिकल सहित १२ पसल शिलबन्दी

बाजुरामा  एक मेडिकल सहित १२ पसल शिलबन्दी

बाजुरा। बाजुरा एक मेडिकल सहित बाह्र पसलमा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाको संयुक्त अनुगमनका क्रममा सदरमुकाम मार्तडीमा रहेको रोहित क्लिनिक मेडिकल सहित १२ खुद्रा तथा कपडाका पसल शिलबन्दी गरिएको हो ।
अनुगमनका क्रममा रोहित मेडिकल दर्ता भएपनि सो विषयमा अध्ययन गरेको स्वास्थ्यकर्मी नबसेको र आवश्यक कागजात नभएपछि दर्ता प्रमाण सहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी शिलबन्दी गरेको बडीमालिका नगरपालिकाकी उप(प्रमुख तथा बजार अनुगम समिति संयोजक नन्दा कुमारी थापाले बताएकी छन् । मेडिकलमा आधिकारिक व्यक्ति भन्दा पनि अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण गर्ने र जनताको स्वास्थ्यमा समेत खेलबाड हुने भएकाले आवश्यक काजगात सहित आधिकारिक व्यक्तिलाई प्रशासनका उपस्थित हुन सार्वजनिक रुपमा पत्र टाँस गरी शिलबन्दी गरिएको थापाले बताइन् ।

यस्तै बजार अनुगमनका क्रममा खाद्य तथा कपडा व्यवसायीका ११ वटा पसल शिलबन्दी गरिएका छन्। व्यापारीले पान नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले सिलबन्दी गरिएको जिल्ला निरिक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र विष्टले बताए। बजारमा दैनिक खाद्यवस्तुको मुल्य वृद्धि,कालो बजारी लगायतका जनगुनासो आउन थालेपछि जरिवाना र कारबाही गर्ने गरी बजार अनुगमन गरेको उनले बताए । आज ( बुधबार) गरिएको बजार अनुगमनमा करिव ७० हजार बराबरको अखाद्य तथा अन्य म्याद गुज्रेका सामग्री बरामद गरि नष्ट गरिएको छ। बजारमा हुने चर्को मुल्यवृद्धि,कालोबजारी र व्यापारीले मुल्य सूचि नराख्ने,पान नम्बर देखिने गरी नराख्ने र ग्राहकलाई सामान किनेको विल अनिवार्य दिन अनुगमन टोलीले सुझाव दिएको छ।