भूमि आयोग जिल्ला समिति डोटीका सदस्यद्वारा पदभार ग्रहण

भूमि आयोग जिल्ला समिति डोटीका सदस्यद्वारा पदभार ग्रहण

धनगढी  ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति डोटीका सदस्यले सपथ तथा पदभार ग्रहण गरेका छन् । बुधबार कार्यालयमा आयोजित एक कार्यक्रमका विच विज्ञ सदस्यमा रोशन कठायत र सदस्य मिना दमाइले पदभार ग्रहण गरेका हुन् ।  भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगका जिल्ला अध्यक्ष जंग बहादुर बिकले दुवैजनालाई सपथ ग्रहण गराएका हुन् ।

भूमिहीन दलित र सुकुम्बासीलाई निष्पक्ष भएर जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताउँदै कठायतले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको हितमा काम गर्ने बताए । उनले वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउन सबै दल र सरोकारवालाको साथ, समन्वय र सकार्यमा काम गर्ने बताए ।