आज दिउँसो २ बजे सिट बाँडफाँड कार्यदल समितिको बैठक बस्दै

आज दिउँसो २ बजे सिट बाँडफाँड कार्यदल समितिको बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक बस्ने भएको छ ।  निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ दलको बैठक बस्न लागेको कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन। 

यहि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कार्यदल संयोजक चयन गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी  पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका थियो जसमा  कांग्रेसबाट ३ र अन्य दलबाट २–२ जना सदस्य छन्। 

साउन २३ गते नै बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले धरातलीय यथार्थका आधारमा सिट बाँडफाँट हुनुपर्ने निश्कर्ष निकालेको थियो। आगामी निर्वाचनका लागि कांग्रेसले ६० प्रतिशत सिटमा दाबी गर्ने तयारी गरेको छ। तर माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी पनि धेरै सिटमा भएका कारण कार्यदललाई खाका तयार गर्न कठिन हुने भएको छ ।