कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेस नेता भण्डारी लड्ने

कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेस नेता भण्डारी लड्ने

धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट काँग्रेसका पुराना नेता सुनिल कुमार भण्डारीले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवाका समकालीन नेता भण्डारी बिगतमा तत्कालीन सभापति गिरिजा प्रसाद कोईरालाको अत्यन्त निकट रहेको मानिन्छ । एक दशक यता भने उनी देउवा निकट छन् ।

२०७४ सालको प्रतिनिधि सभाको निर्बाचनमा तत्कालिन माओबादी केन्द्रका नेता लेखराज भट्ट संग पराजित नेपाली काँग्रेसका नेता भण्डारी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा उम्मेदवारी दिने बताए ।  कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो दावी रहेको बताए ।

२०७४ सालको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रका नेता लेखराज भट्टले  कैलाली क्षेत्र नम्बर ४ बाट ३१ हजार तिन सय ९५ मत ल्याउदा   नेता भण्डारी ले २० हजार नौ सय ६० मत ल्याएका थिए । 

गत निर्बाचनमा आफू झिनो अन्तरले पराजीत भएकोले यस पटक पार्टीले आफूलाई टिकट दिने भण्डारीको दावी छ । उनले आफ्नो उम्मेदवारी जायज र न्यायोचित भएको बताए ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेशका पुराना नेता भण्डारी प्रतिनिधि सभाको निर्बाचनमा टिकट दावी गर्ने सुदूर पश्चिमकै सब भन्दा पुराना नेता हुन् ।