सेटिगाउँ माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा  माल विजयी

सेटिगाउँ माध्यमिक विद्यालयको  व्यवस्थापन समितीको अध्यक्षमा  माल विजयी

बैतडी । बैतडीको डिलाशैनीमा रहेको सेटिगाउँ माध्यमिक  विद्यालय ककरपाखाको   विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा दानसिंह माल विजयी भएका छन् । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष चयनका लागि विद्यालयमा बुधबार  सम्पन्न भएको निर्वाचनमा १ सय २४ मतसहित अध्यक्ष पदमा माल विजयी भएका हुन् ।

विद्यालय व्यवस्थापन समितीको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया बाट अध्यक्ष छनोट गरिएको सेटगाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र जोशिले जानकारी दिनु भएको छ । 
अध्यक्ष छनोटका लागि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले आफ्नो मत खसालेका थिए । कूल ४ सय ३ मत खसेकोमा १ सय २४ मतसहित माल अध्यक्षमा निर्वाचित भएका हुन् । 

 सेटिगाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीका अनुसार नवनिर्वाचित अध्यक्ष मालका निकटतम् प्रतिद्धन्द्धी हरिसिंह भण्डारीले  १ सय २० मत प्राप्त गर्दै जम्मा ४ मतको अन्तरले पराजित भएका छन् । यस्तै राम बहादुर बोहराले १ सय १७ मत प्राप्त गरेका छन भने , हरिदत्त जोशीले १ सय ६ मत प्राप्त गर्दै पराजित भएका छन् । 

यसैगरि अध्यक्ष पदकै उम्मेदवार कर्ण नाथ योगीले ९१ मत प्राप्त गरेका छन भने पुष्पराज जोशीले ६५ मत र राम नाथ योगि ले ५६ मत प्राप्त गरेका  छन् ।   २५ मत भने  बदर भएका छन् । 

विक्रम संवत् २०१६ सालमा स्थापना भएको सेटिगाउँ माद्यमिक विद्यालयमा हाल १ देखि १२ कक्षासम्म शिक्षा, व्यवस्थापन, विज्ञान संकायका साथै प्राविधिक धारतर्फ कृषि, भेटेरिनरी, वनविज्ञान लगायतका विषयहरु अध्ययन अध्यापन  हुदैँ आएको छ ।