नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध नेकपा बहुमत सहित ६ दलद्वारा धनगढीमा विरोध प्रदर्शन

नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध नेकपा बहुमत सहित ६ दलद्वारा धनगढीमा विरोध प्रदर्शन

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा नेकपा बहुमत सहितका छ दलले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

र्‍याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त विरोध र्‍यालीमा, "सरकार राष्ट्रघाती नागरिकता  विधेयक खारेज गर,  एमसीसी, एसपीपी  खारेज गर असंलग्न परराष्ट्र नीति विपरीत नेपाली सेनाको भूमिका रहन हुँदैन, भ्रष्टाचारीलाई कारबाही गर,  महँगी र कालोबजारी बन्द गर, मल खादको यथाशीघ्र व्यवस्था गर" भन्ने लगायतका नारा लगाइएका थिए । 

यस्तै, देशमा भइरहेको राष्ट्र घात, जनघात, बढ्दो महँगी र दलाली करणका विरुद्ध समेत देश व्यापी विरोध प्रदर्शनका कार्यक्रम अन्तरगत सो र्‍यालीको आयोजना गरिएको नेकपा बहुमत कैलालीका जिल्ला संयोजक प्रकाश रावल (अनमोल) ले बताए । सरकाले देश, राष्ट्र, राष्ट्रियता र जनता विरुद्ध गर्ने कुनै पनि कदम स्वीकार्य नहुने रावलको भनाई थियो ।