कैलाली क्षेत्र नम्बर ४ को यस्तो छ अकं गणीत

कैलाली क्षेत्र नम्बर ४ को यस्तो छ अकं गणीत

धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचन घोषणा भएसंगै दलबाट नेताहरु आ आफ्नो उमेदवारी दावी गरिरहेका छन् । कैलाली क्षेत्र नम्बर ४ सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी तोकिएको क्षेत्र हो । यहाँ एमाले सचिव लेखराज भट्ट यसअघी बाम गठबन्धनबाट निर्वाचित भएका थिए । काग्रेंसका सुनिल कुमार भण्डारीलाई पराजित गर्दै भट्ट बिजयी भएका हुन् ।

यस पटकको निर्वाचनमापनि सचिव भट्ट र काग्रेंस नेता भण्डारी बिचनै प्रतिस्प्रधा हुने देखिएको छ । एमाले सचिव तथा प्रदेश ईन्चार्ज समेत रहेका भट्ट निर्वाचन आफै लड्ने सोचमा रहेको एमाले नेताहरु बताउँछन् । यता २०७४ सालमा भट्टकै प्रतिस्प्रधी रहेका काग्रेंस नेता सुनिल कुमार भण्डारीले उमेदवार हुने सार्वजनिक रुपमै भनिसकेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो दावी रहेको भण्डारीले बताएका छन् । २०७४ सालको निर्वाचनमा लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट ३१ हजार तिन सय ९५ मत ल्याउदा नेता भण्डारी ले २० हजार नौ सय ६० मत ल्याएका थिए ।
यस्तो छ अकं गणित
स्थानिय निर्वाचनमा नेपाली काग्रेंसले गोदावरी नगरपालिकाको मेयर, गौरिगंगाको उप मेयर र चुरे गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले गोदावरीको उप मेयर र चुरे गाउँपालिकाको अध्यक्ष जितेको छ भने माओवादीले गौरिगंगाको मेयर जितेको छ ।
गोदावरीमा काग्रेंसले ८, एमालेले ४ वडा जितेको छ र एक स्वतन्त्रले भने, गौरिगंगामा ६ वडा काग्रेंस, ४ माओवादी र १ समाजवादीले जितेको छ । चुरेमा २ काग्रेंस र ४ वडा एमालेले जितेको छ ।  स्थानिय तहमा तीन वटै पालिकामा गठबन्धनबाट प्रमुखका उम्मेदवारले पाएको मत ३२ हजार ५ सय ७७ रहेको छ । एमालेका प्रमुखका उम्मेदवारले पाएको मत २१ हजार १ सय ६१ हो । दुबै तर्फको अन्तर झण्डै ११ हजार ४१६ हुन आउँछ । २०७४ सालको निर्वाचनमा भट्ट र भण्डारीको मतान्तर १० हजार ३ सय ९९ रहेको थियो ।

गठबन्धनबाट कुन दलका कुन उम्मेदवारले टिकट पाउँछन् त्यसमा नै एमालेको जित को फैसला हुन सक्ने एमालेका एक नेताले बताए । उनले भने –’ गठबन्धनबाट काँग्रेसले पाए कडा प्रतिष्पर्धा हुन्छ होला अन्य दलले पाए हामी सजिलै चुनाब जित्छौं।’ एमाले सचिब भट्ट पनि यो पटक चुनाव हार्ने गरि लडने मुडमा नरहेको उनि निकट स्रोतले बताएको छ । स्रोतले भन्यो –’सबै राजनितिक घटना क्रम र चुनावमा जित्ने आधार सहित जाने कुरो हुँदैछ त्यसको तयारीमा हामी छौं ।’