२४ घण्टामै माग अनुसारका पोसाक तयार गर्ने 'धनगढी बुटिक' सञ्चालनमा

२४ घण्टामै माग अनुसारका पोसाक तयार गर्ने 'धनगढी बुटिक' सञ्चालनमा

धनगढी । कैलालीको धनगढीमा 'धनगढी बुटिक' सञ्चलनमा आएको छ । बिहीबार देखी धनगढीको कृष्ण मन्दिर नजिक उक्त बुटिक सञ्चालनमा आएको हो । 

दश लाख लगानीमा सञ्चालनमा आएको उक्त बुटिकको उद्घाटन कैलाली उद्योग वाणिज्य सङ्घका महा-सचिव ओम विष्टले गरेका थिए । 

यस्तै, धनगढीमै सिप सिकेर बुटीक सञ्चालनमा ल्याएको बताउँदै धनगढी बुटिककी सञ्चालिका कोमल जैगडीले अहिले विशेष गरी महिलाहरूले लगाउने सिजन अनुसारका लुगा, विवाह, पार्टी, व्रत बन्ध लगायतका समारोहमा लगाउने पोसाक, लेहेङ्गा, गुन्यु चोली, चोली तथा परम्परागत सुदूर पश्चिमेली पहिरनका साथै नेपाली पहिरन बनाइने बताइन् । 

सेवाग्राही हरूले डिजाइनहरू छानी छानी अडर गर्ने व्यवस्था गर्ने, धनगढीको बुटिकको डिजाइन लाई राष्ट्रिय तथा अन्ताराष्ट्रिय रूपमा प्रख्यात र सबै उमेर समूहका ग्राहकहरूले मन पराउने गरी पोसाक निर्माण गर्ने जैगडीले बताइन् । 

उनले भनिन्, "बुटिक भन्ने बित्तिकै दश, बाह्र हजार बढीका मात्रै पोसाक पाइने सोचाई ग्राहकहरू मा रहेको छ । तर हामी त्यो भन्दा सस्तो र अत्यावश्यक परेका ग्राहकहरू लाई २४ घण्टा भित्रै समान उपलब्ध गराउने गरी काम गर्ने छौँ । ग्राहकहरूले धनगढीमै रहेका अन्य बुटिक भन्दा फरक सुविधा त पक्कै पाउने नै छन् । अझ ग्राहक वर्गहरूले यहाँ एक पटक पाल्नु भएमा दोस्रो पटक खुसी भएर फर्किने व्यवस्था मिलाउने छौँ ।"

त्यस्तै, धनगढी बुटिकका अर्का सञ्चालक मुकेस सुनारले आफूहरू पनि युवा भएकोले र धनगढीमै तालीम लिएर बुटिक सञ्चालनमा ल्याएको हुँदा युवा लक्षित पोसाकहरू, परम्परागत पोसाकहरू युवाको चाहना अनुसार तयार गर्ने त्यसमा नयाँ तथा पुराना पोसाकहरूको सम्मिश्रण मर्डन पोसाकहरू समेत तयार गरिने बताए । यसका साथै सुनारले ग्राहकले दिएको डिजाइन अनुसार र आफू सँग भएको डिजाइन ग्राहकलाई मन परेमा सो अनुसार पनि पोषक तयार गरिने र अहिले महिलाको ड्रेस मात्रै बनाउने भए पनि केही समय पछि पुरुषहरूको पोसाक पनि तयार गरिने लक्ष्य रहेको बताए । 

यसै गरी, कैलाली उद्योग वाणिज्य सङ्घका महा-सचिव ओम विष्टले व्यवशायीक सफलताको शुभकामना दिँदै युवाहरूले धनगढीमै सिप सिकेर उद्यमशील बन्नु धनगढीकै लागी खुसीको कुरा रहेको बताए । विदेशबाट उत्पादन भएका आयातित कपडा भन्दा पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी काम अगाडि बढाउन समेत विष्टले आग्रह गरेका छन् ।