सरकारले  शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नेछ: प्रधानमन्त्री देउवा

सरकारले  शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नेछ: प्रधानमन्त्री देउवा

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले  शैक्षिक बेरोजगारीलाई अन्त्य गर्ने बताएका छन् । आज राष्ट्रिय युवा परिषदद्वारा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बाल्दै देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दै देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए  । काठमाडौंमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

त्यस्तै रोजगारी प्रवद्र्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभन्न कार्यक्रम ल्याएको छ अव अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेमा जोड दिएका छन्। 

उनले भने अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन। सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।