धनगढी। जूनियर जेसिजले धनगढीका विद्यार्थीहरुका लागि निशुल्क तालिम सञ्चालन गर्ने भएको छ। धनगढीमा साउन २८ गते जेसिजले समय व्यवस्थापन सम्बन्धि तालिम आयोजना गर्ने जेसिजका अध्यक्ष निराजन जोशीले जानकारी दिएका छन।
धनगढीको निर्माण व्यवसायी संघको सभाहलमा सञ्चालन हुनेछ भने, नेपाल जेसिजका पूर्व उपाध्यक्ष डा. कृष्ण बोहराले विद्यार्थीहरुलाई निःशुल्क तालिम दिनेछन ।