बिहान ९ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बिहान ९ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज बिहान ९ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक  पार्टी कार्यालय सानेपामा बस्न लागेको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने साथै आगामि निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुने जाएको छ।

अव साउन ३० गते बस्ने कार्यदलको बैठकमा दलहरूले सिट संख्या नै दाबी गर्ने तयारी गरेपछि कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले दाबी गर्ने सिट संख्याबारे पनि छलफल हुने जनाइएको छ।