रेडपाण्डाको छालासहित तीनजना पक्राउ

रेडपाण्डाको छालासहित तीनजना पक्राउ

रेडपाण्डाको छालासहित तीनजना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका(१५ श्यामचोकबाट मोरङ केराबारी गाउँपालिका(६ का २२ वर्षीय रोजिस राईलगायत तीनजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका रोजिसको कोठामा रेडपाण्डाको छाला रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।