शुक्रबार ५ बजेसम्म आयोगमा ३३ राजनीतिक दल दर्ता

शुक्रबार ५ बजेसम्म आयोगमा ३३ राजनीतिक दल दर्ता

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार ५ बजेसम्म ३३ राजनीतिक दल दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार शुक्रबार ५ बजेसम्म ३३ राजनीतिक दल दर्ता भएको  जानकारी दिएका छन । 

आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको भए पनि मुख्य राजनीतिक काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।

मुख्य दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नु पर्ने प्रावधान छ।