कांग्रेस पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग

कांग्रेस पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग भएको छ।

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न पाँचभन्दा बढी दललाई गठबन्धनमा समेट्ने योजना बनाइरहेका देउवासँग शेखर कोइराला समूहले पार्टीभित्रै भाग मागेको हो।

असन्तुष्ट पक्षको आजको छुट्टै भेलाले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ। समूहको भेलापछि नेता गुरुराज घिमिरेले सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्न बाध्य हुनुपरेको बताए।

देउवा सभापतिमा निर्वाचित भएको आठ महिना बित्दा कुनै पनि निर्णय प्रक्रियामा आफूहरुलाई नसमेटेको उनको गुनासो छ।

राष्ट्रियसभा निर्वाचनदेखि भ्रातृ संस्था गठन गर्दासमेत प्रतिस्पर्धी समूहको एक जनालाई पनि नसमेटिएकाले आगामी निर्वाचनमा पनि यही अवस्था आउन सक्ने यो समूहको आँकलन छ।