कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीको सपथ आज

कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीको सपथ आज

 कर्णाली प्रदेशकामा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा वीरबहादुर शाहीलाई सिफारिस गरेको थियो । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री  शाहीले आज पद तथा गोपनीयताको शपथग्रहण आज बिहान ११ बजे गर्दैछन् । शाही गत बिहीबार मन्त्री बनेका थिए ।

यसअघि मन्त्री रहेका गैर–सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।