संघ र प्रदेशको निर्वाचनमा १ करोड ८२ लाख मतदाता, खर्च १० अर्ब

संघ र प्रदेशको निर्वाचनमा  १ करोड ८२ लाख मतदाता, खर्च  १० अर्ब

काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोगले १० अर्ब खर्च हुने अनुमान गरेको छ।

आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बारे आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराएको छ । 

यस्तै अव हुने निर्वाचनमा  करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ। 

आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ।