कञ्चनपुरमा नदीमा डुबेर एक् बालकको मृत्यु

कञ्चनपुरमा नदीमा डुबेर एक् बालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा एक जना बालकको मृत्यु भएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीको डुबेर मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।