पैसा अभावले बाजुराकी सुजातालाई अस्पताल बाट घर लगे

पैसा अभावले बाजुराकी सुजातालाई अस्पताल बाट घर लगे

बाजुरा । बडिमालिका नगरपालिका १ बस्ने २० बर्षयी सुजाता रोकाया जिवनमरणको दोसाधमा रहेकि छन् । बयलपाटा अस्पतालले काठमाडौ रिफर गरेको भएपनि पैसा नहुदा आफन्तले घरमा लगेर गएका छन् ।
सुजाताको मुटुमा समस्या रहेको अस्पतालले जनाएको छ । सुजाता बिरामी भएपछि जिल्ला अस्पताल बाजुरा आफन्तले उपचारमा ल्याएका थिए । अस्पताल बाजुराले यहाँ ठिक नहुने भन्दै रिफर गरेको थियो । अस्पताल बाजुराले मुटु सम्बन्धि समस्या रहेको काठमाडौ लग्ने भनेपनि आफन्तले अछामको बयलपाटा अस्पतालमा पुयाएका थिए ।
दुइहप्ता जति बयलपाटा उपचार भएपनि अस्पतालले काठमाडौ रिफर गरेको थियो । काठमाडौ लिन गाडि भाडा समेत नभएपछि सुजातालाई बोकेर घर ल्याएको श्रीमान लाल बहादुर कार्कीले वताएका छन् । 
सुजाताको ४ महिनाकी छोरी रहेकी छ । लाल अहिले श्रीमति बचाउनका लागि गाउँमा साहुमर्हजनको दैलो चाहारिरहेका छन् । कसैले रिन पत्याएका छैनन्, रिन खोजिरहेको छु, पाउने बित्तिकै उपचारका लागि काठमाडौ लग्ने योजनामा रहेको लालले बताए । 
आफुलाई बचाई दिनका लागि उनले सबैमा आग्रह गरेकि छन् । स्थानिय सरकार, बिभिन्न सरकारी निकाय सँग सुजाताको परिवार उपचारका लागि पुगेको भएपनि कतै बाट सहयोग नभएको स्थानियले वताए । सरकारले गरिब बिपन्नका लागि निशुल्क उपचारको ब्यबस्थापन गरेको भएपनि गरिब भने उपचार नपाएर अकालमै ज्यान गुमाउदै आएका छन् ।