सुदूरपश्चिम प्रदेश बाट 'अफिन ' उपाध्यक्षको  जिम्मेवारी  गजेन्द्रबीर चन्दलाई

सुदूरपश्चिम प्रदेश बाट 'अफिन ' उपाध्यक्षको  जिम्मेवारी  गजेन्द्रबीर चन्दलाई

काठमाडौँ। निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)  को प्रदेश उपाध्यक्षमा  सुदूरपश्चिम बाट गजेन्द्रबीर चन्द निरविरोध चयन भएका छन । शनिबार भएको २२ औं साधारणबाट चन्द प्रदेश उपाध्यक्षमा निरविरोध निर्वाचित भएका हुन्।  उनि  अत्तरीया स्थीत पद्मा अस्पताल प्रालिका निर्देशक हुन भने रेडियो धनगढीका पनि निर्देशक हुन ।  

यस्तै सुदुरपश्चिम प्रदेश बाटै सदस्यहरूमा कैलाली हस्पिटलका जनकराज जोशी , माया मेट्रो हस्पीटलका धिरेन्द्र साउँद चयन भएका छन । ,  बिगत २ बर्ष देखि नर्भिक अस्पतालका बसन्त चौधरीले नेत्रित्व गरेको अफिनको नयाँ अध्यक्षमा डा.पदम खड्का निर्वाचित भएका छन् ।