एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन

एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन

धनगढी ।  धनगढीमा कार्तिक बाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेडले जिम्मा लिने आयोजकले बताएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र आईएमई डिजिटल सोलुसन लिमिटेडका सुदूरपश्चिम इन्चार्ज जगदीश अवस्थी बिच बुधवार  सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 
सातौँ संस्करणको विजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
एलपीएलको सातौँ संस्करण आगामी कार्तिक १३ गतेदेखि धनगढीमा सञ्चालन हुने छ ।