बैतडीमा मृत्यु भएको चितुवाको पेटमा २ वटा बच्चा भेटिए पछि...

बैतडीमा मृत्यु भएको चितुवाको पेटमा २ वटा बच्चा भेटिए पछि...

बैतडी । बैतडीमा पासोमा फसेको चितुवा मृत्यु भएको छ । मृत चितुवाको पेटमा २ वटा बच्चा भेटीएको प्रहरीले बताएको छ ।  उद्धारका लागी जिल्लामा ल्याउँदै गर्दा चितुवाको बाटोमा मृत्यु भएको थियो । चितुवाको मृत्यु पछि चितुवाको पोष्टमार्टम गर्दा उक्त चितुवाको पेटमा २ वटा बच्चा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बैतडीको दशरथचन्द नगरपालिका ४ बिनासौंमा किसानहरुले बँदेलका लागि थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको उद्धार गरी जिल्ला सदरमुकाममा ल्याउने क्रममा बाटैमा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले जिल्ललाको सबै सुरक्षा निकाय,जिल्ला बन कार्यालयका कार्यालय प्रमुख र सम्बन्धी सबैलाई रोहवरमा राखी उक्त चितुवाको दहासंस्कार ( जमिन मुनि गाडीएको ) छ । 

No description available.

No description available.