दार्चुला जिप दुर्घटना हुँदा घाईते भएका सबैको पहिचान खुल्यो

दार्चुला जिप दुर्घटना हुँदा घाईते भएका सबैको पहिचान खुल्यो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो भने  । अन्य घाईते भएहरुको पहिचान खुलेको छ । 

घाइते हुनेहरुमा मालिकार्जुन गाउँपालिका ३ बस्ने  ५० वर्षिय गोमती देवी धामी सोही ठाउँ घर भएका २१ वर्षिय सुमन सिंह धामी, ३० वर्षिय गोमती धामी, मालिकार्जुन ६ बस्ने  ४० वर्षिय रेवती धामी, मालिकार्जुनका ३ मणका बस्ने  ४२ वर्षिय रुपा धामी, महाकाली नगरपालिका ३ काटै बस्ने  ३५ वर्षिय रमेश लुहार, बैतडीको डिलाशैनी गाउँपालिका ३ बस्ने  प्रदीप राना, बझाङको  बुङ्गल नगरपालिका ८ का धनबहादुर जागरी र महाकाली नगरपालिका ७ का दिलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।  उनिहरुको स्थानिय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।