दार्चुला जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

दार्चुला जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको पहिचान खुलेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ  । 

जिप दुघृटनामा परी ज्यान गुमाउनेमा सबै बझाङ  का रहेका छन । जिल्लाको बुङगल नगरपालिका ८ का रहेका छन । मृत्यु हुनेमा अन्दाजी ५५ बर्षका  पुने बोहरा, अन्दाजी ५०/५५ उज्वल बोहरा, अन्दाजी ५५/६० हिक्मत जागरी ,अन्दाजी ६०/६५ रैभान बोहरा र अन्दाजी ५५ बर्षकी, चम्का देवि वोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । 
दुर्घटनामा ज्यान गुमाएका चम्का बोहरा र रैभान बोहरा श्रीमान श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक जगत  मगरले बताएका छन । 
उनिहरु गोकुलेश्वर बाट जिल्ला सदरमुकाम  आउँदै थिए भने , बोहरा परीवार भारत जानलाई घरबाट आएको प्रहरी निरीक्षक मगरले बताए ।