आजको मौसम

आजको मौसम

धनगढी । हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान  भन्दा दक्षिणमा अवस्थित रहेको छ।

देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। त्यस्तै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पूर्वानुमान महाशाखाले जनाएको छ।