दार्चुलाको जीप दुर्घटनामा घाइते को उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

दार्चुलाको जीप दुर्घटनामा घाइते को उपचारमा  कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको  निर्देशन

धनगढी। दार्चुलाको जीप दुर्घटनामा  घाइते को उपचारमा कसर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।  हिजो भएको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटनामा  घाइते भएकाहरुको उपचारमा कुनै कसर नराख्न गृहमन्त्री  खाणले को व्यवस्था मिलाउन निर्देशन दिएका हुन।
 
उनले गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिए । मन्त्री  खाणले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन् ।

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको  प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।दुर्घटनामा घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पुर्‍याएको छ । 

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको  प्रमुख जिल्ला अधिकारी उपाध्याय ले जानकारी दिएएका छन।