मंसिर ४ गते हुने निर्वाचनमा कैदीहरूलाई समेत मतदानको अवसर दिने

मंसिर ४ गते हुने निर्वाचनमा कैदीहरूलाई समेत मतदानको अवसर दिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ।

आगामी निर्वाचनमा निर्वाचन आयोगले  नेपाली सेना, निजामती कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने  छ। यसका लागि गृहकार्य भइरहेको आयोगले जनाएको छ।अहिले देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन् । देशभर ७० वटा जिल्ला कारागार छन् । 

त्यस्तै कर्मचारी, सुरक्षाकर्मी तथा कैदीहरूलाई मतदानको अवसर प्रदान गर्न कारागार, सैनिक ब्यारेक, सशस्त्र क्याम्प, प्रहरी कार्यालय तथा विभिन्न कारागारमा मतदान केन्द्र रहने आयोगले जनाएको छ। जेल तथा सैनिक ब्यारेकमा निर्वाचन गराउने कर्मचारी कारागार तथा सैनिक ब्यारेकमै पुग्नेछन्।यसपटक कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने आयोगले जनाएको छ। उनीहरूले प्रत्यक्षतर्फ भने मतदान गन पाउने छैनन् । 

यस्तै कार्यालय बिदाको दिनमा कार्यालय जानुपर्ने कर्मचारीले पनि सहज किसिमले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले आयोगले यसपटक प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै एउटा मतदान केन्द्र राख्ने तयारी गरेको छ।