हिट हुँदा पनि ‘पद्मावत’ घाटामा

हिट हुँदा पनि ‘पद्मावत’ घाटामा

मुम्बई – जनवरी २५ बाट प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको फिल्म पद्मावतले बक्स अफिसमा करिब २ सय करोडको व्यापारनजिक पुगेको छ। तर अझैपनि फिल्म घाटामा छ। 

ट्रेड एनालिस्ट तरुण आर्दशले फिल्म अझै ५० करोड घाटामा चलिरहेको बताएका छन्। उनका अनुसार फिल्मले ९ दिनमा देशभरबाट १६६ करोड कमाई गरेको छ। विदेशमा पनि राम्रो कमाई गरिरहेको छ। तैपनि फिल्मले अझै ५० करोड बराबरको लागत असुल्न बाँकी रहेको उनले जानकारी दिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार विवादका कारण धेरै ठाउँमा फिल्म प्रदर्शन नभएकाले यसको असर बक्स असरमा परेको बताइएको छ।