प्रतिनिधि सभाको बैठक आज बस्दै,राष्ट्रपतिले फिर्ता गरेको विधेयक पारित गर्ने तयारी

प्रतिनिधि सभाको बैठक आज बस्दै,राष्ट्रपतिले फिर्ता गरेको विधेयक पारित गर्ने तयारी

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि प्रतिनिधि सभा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको प्रतिनिधि सभा सचिवालयले जनाएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

प्रतिनिधि सभाले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा   फिर्ता पठाएको थियो। यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।