ऐश्वर्य निकेतनका काला कर्तुत भन्दै अखिल क्रान्तिकारीद्दारा विद्यालय अगाडी वोर्ड

ऐश्वर्य निकेतनका काला कर्तुत भन्दै अखिल क्रान्तिकारीद्दारा विद्यालय अगाडी वोर्ड

धनगढी । धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतन अगाडी अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा वोर्ड लगाएको छ ।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कैलालीले ऐश्वर्य विद्या निकेतनको बाहिर सम्पुर्ण वामपम्थी, प्रगतिशिल, देशभक्त तथा जनतानित्रक विद्यार्थी एक जुट होऔ! ऐश्वर्य विद्या निकेतन धनगढीका काला कर्तुत भन्दै छ बुदे वोर्ड लगाएको छ ।

जसमा अखिल क्रान्तिकारी कैलालीले अभिभाबक र विद्यार्थीको ढाड सेक्ने गरी ३० प्रतिशत शुल्क वृद्धि गरेको, आय ब्याय र चलअचल सम्पतिको अपारदर्शिता भएको उल्लेख गरेको छ । यस्तै विद्यार्थीले पाउने छात्रवृत्तिमा विद्यालयले अवैध तरिकाले पहुचवालालाई घुसपैठ गराउने गरेको र कमिसनको भरमा विदालयका सटर भाडामा दिएको भनेको छ । त्यस्तै होस्टेलमा आवश्यकता भन्दा बढी विद्यार्थी राखी चर्को शुलक अशुली गरेको र गाडीभाडा बाफत पनि चर्को शुल्क लिने गरेको भन्दै विद्यालयले अगाडी वोर्ड टाँसेको छ । 
यस्तै ऐश्वर्य विद्या निकेतन केही महिना अगाडी मासिक शुल्क शिर्षकमा ३० प्रतिशत शुल्क विद्धि गरेको थियो त्यस यता विद्यालयको चर्को आलोचना हुदै आएको छ ।