पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। शाह रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकका अनुसार केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको जनाएको छ । 

सोमबार काठमाडौं आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए।उनी संगै अस्ट्रेलिया  पूर्वअधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह  पनि थिए।

नेपालका बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन उनीहरू त्यहाँ गएका हुन्।