एकीकृत समाजवादी र माओवादी केन्द्र एकता गर्ने

एकीकृत समाजवादी र माओवादी केन्द्र एकता गर्ने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने भएको छ ।

नेकपा एसका महासचिव डा वेदुराम भुसालका अनुसार बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका जना एका छन । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

माओवादी केन्द्रले यसअघि नै एकताका लागि निर्णय गरिसकेको थियो । नेकपा एमाले बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ  । साथै आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।