बोगटान फुड्सिल गाउँपालिकाको गाडी जोरायलमा दुर्घटना

बोगटान फुड्सिल गाउँपालिकाको गाडी जोरायलमा दुर्घटना

धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाको गाडी आज बिहान जोरायलमा दुर्घटना भएको छ । 
डोटी बाट धनगढी आउने बेलामा आज बिहान गैरामा दुर्घटना भएको गाउँपालिकाका  प्रशासकिय अधिकृत भरत बहादुर चन्दले बताए । गाडीमा गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष शंकरमान सुनार र चालक सवार थिए । 
गाउँपालिकाको बलेरो जिप बा २ झ ३८७३ नम्बरको  गाडी दुर्घटना  भएको हो । दुर्घटना बाट गाडीमा क्षति भएको छ भने दुई जना सावर सुरक्षित छन ।