नेपालभरका स्वतन्त्र रेडियोहरूको छाता संगठन 'वान'को केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित

नेपालभरका स्वतन्त्र रेडियोहरूको छाता संगठन 'वान'को केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित

धनगढी । नेपालभरका स्वतन्त्र व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)को केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित भएका छन् ।  जोशी भाद्र चार र पाँच गते काठमाडौँमा आयोजित १८ औँ साधारण सभा तथा सातौँ महाअधिवेशनबाट सर्व सर्वसम्मत वानको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका हुन् । 

रेडियो धनगढीका तथा धनगढी खबरका कार्यकारी निर्देशक एवम् प्रधान सम्पादक रहेका जोशी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव समेत हुन् । 

रेडियो धनगढी र धनगढी खबर परिवारको तर्फबाट पनि वानका नव निर्वाचित केन्द्रीय कोषाध्यक्ष जोशी लगायत सम्पूर्ण पदाधिकारीहरू लाई बधाईका साथै सफल कार्यकालको शुभकामना । 

यी हुन् अन्य निर्वाचित पदाधिकारी :