काठमाडौंको नगर प्रहरी प्रमुखबाट धनपतिलाई हटाइयो

काठमाडौंको नगर प्रहरी प्रमुखबाट धनपतिलाई हटाइयो


काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटालाई  हटाइएको छ।

आइतबार सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारीजिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाका सह(प्रवक्ता महेश काफ्लेले जानकारी दिएका छन।

यो नियमित प्रक्रिया हो,पहिले पनि भइराखेको नियमित प्रकृया नै हो। खासै केही होइन सह(प्रवक्ता महेश काफ्लेले भने । 

महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।