हरेक आइतबार श्रममन्त्रीले श्रमिकहरूको गुनासो आफैं फोन उठाएर सुन्ने

हरेक आइतबार श्रममन्त्रीले श्रमिकहरूको गुनासो आफैं फोन उठाएर सुन्ने

काठमाण्डौ । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले श्रमिकहरूको गुनासो आफैं फोन उठाएर सुन्ने भएका छन्।  हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्री आफैंले फोन उठाएर उजुरी गुनासोलगायत विषयमा प्रत्यक्ष श्रमिक तथा सम्बन्धित सरोकारवालासँग कुराकानी गर्ने मन्त्रालयले बताएको छ।े 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कलसेन्टरमा आएको श्रमिकहरूको गुनासो आफैं फोन उठाएर सुन्ने भएका छन्।

जसका लागि निःशुल्क फोन नम्बर ११४१ वा १६६००१५००५ उपलब्ध गराइएको छ। विदेशबाट ००९७७१५९७००८ मा सशुल्क फोन गर्न सकिनेछ। त्यस्तै भाइबर नम्बर ००९७७९८०१८०००१३ मा पनि सम्पर्क गर्न सकिन्छ। 

मन्त्री उपत्यका बाहिर भएको अवस्थामा यो कार्यक्रम सञ्चालन नहुने मन्त्रालयले जानकारी दिएको छ।  उक्त समयमा नियमित सञ्चालनमा रहने कल सेन्टरबाट गुनासो वा जानकारी लिने व्यवस्था छ।