अछामको बयलपाटा अस्पतालमा निशुल्कअप्रेशन

अछामको बयलपाटा अस्पतालमा निशुल्कअप्रेशन

अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ ।
अस्पतालले आर्थिक बर्ष २०७८/०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा। मन्दिप पाठकले बताएका छन् । अन्तरंग २ हजार २ सय ७०, बहिरंग ४४ हजार ६ सय १६ र आकस्मिक कक्षमा ७ हजार ३ सय ४८ जनाको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।
अछाममा स्थापना भएको बयलपाटा अस्पतालमा अछाम, बाजुरा, बझाङ्ग, डोटि, हुम्ला, मुगु र कालिकोट जिल्लाका बिरामी उपचारमा आउने गरेका छन् । अस्पतालले निशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । बयालपाटा अस्पतालमा बिरामी अस्पतालदेखि निको भएर घर र्फकुञ्जेलसम्म कुनै पैसा नलाग्ने गरेको अस्पतालले जनाएको छ ।
बयालपाटा अस्पतालले आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया गरेको छ । अस्पतालमा कार्यरत मेडिकल तथा शल्यचिकित्सा निर्देशक अर्थोपेडिक सर्जन डा। मन्दिप पाठकको नेतृत्वमा ७ सय ८४ जना हार्डजोर्नीका बिरामीको मेजर शल्यक्रिया भएको हो । अस्पतालले ६ हजार ६ सय ४५ जना हार्डजोर्नी बिरामीका सानो शल्यक्रिया गरेको छ । मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको डा। मन्दिप पाठकले बताए । यी अप्रेसन गर्न धनगढी नेपालगञ्ज जानुपर्ने हुन्थ्यो, त्यहाँ जादा बिरामीको लाखौ खर्च हुने गरेको अस्पतालले जनाएको छ ।
बयालपाटा अस्पातलमा सुत्केरी गराउनेको संख्या समेत बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा अस्पतालमा ६ सय ७३ जनाले सुत्ेकरी सेवा लिएका छन् । जसमा ८४ जनाको शल्यक्रिया मार्फत सुत्ेकरी सेवा दिइएको छ ।
गरिबका लागि बयलपाटा अस्पताल निकै बरदान भएको छ, दिल्लीमा उपचार गर्दै थिए, त्यहाँ ३ लाख भारु खर्च भएको थियो । अहिले ३ बर्ष यता बयलपाटा अस्पतालमा उपचार गरीरहेको छु १ पैशा पनि खर्च नभएको बाजुराको बुढिगंगा नगरपालिका १० का अम्मर साउदले वताए ।
बयलपाटा अस्पताल गाडिमा १ घण्टा टाढा अछाम अस्पताल छ, अढाई घण्टा टाढा बाजुरा जिल्ला अस्पताल र ३ घण्टा टाढा डोटि जिल्ला अस्पताल छ । तर यी अस्पताल भन्दा बिरामीको चाप निकै बढी बयपलाटा अस्पतालमा हुने गरेको छ । बयलपाटा अस्पतालमा दैनिक सरदर ४ सय भन्दा बढि बिरामी उपचारका लागि आउने गरेका छन् । तर जिल्ला अस्पतालमा १ सय सरदरमा आउने गरेका छन् । जिल्ला अस्पतालमा दक्ष जनशक्त्ति, आबश्यक पुर्वाधार छैन्, बयलपाटा अस्पतालमा धेरै कुरा ब्यबस्थापना हुँदा बयलपाटा अस्पताल प्रति निकै बिश्वास बढेको जिल्ला अस्पताल बाजुराका सिनेर अहेब दिपक शाहले वताएका छन् । उनले भने शहरका उत्कृष्ट अस्पताल भन्दा राम्रो उपचार पाँउने गर्छन्, सारै अप्ठयारो भए मात्र नेपालगञ्ज काठामाडौ जाने गर्छन्, नभए बयलपाटा उपचार हुने गरेको वताए ।
बयलपाटा अस्पतालमा उपचार राम्रो भएकै कारणले अछाम र बाजुरा जिल्ला अस्पतालले बयलपाटा रिफर गर्ने गरेका छन् । अर्को अस्पतालमा बिरामी बढनुको कारण अस्पतालमा हुने उपचारमा १ पैशा पनि खर्च हुदैन् । पुर्जी काट्ने, ल्याब सेवा, एक्सरे, अल्ट्रासाउन्ड, अप्रेशन, बिरामी बेड चार्ज र खाना खर्च कुनै नलाग्ने भएकाले बिरामी संख्या बढने गरेको छ ।