डोटीबाट लागुऔषध सहित एक युवक पक्राउ

डोटीबाट लागुऔषध सहित एक युवक पक्राउ

डोटी । डोटीमा खैरो हिरोईन ओसार पसार गरेको आरोपमा  एकजना पक्राउ परेका छन । 
आइतबार कैलालीको अत्तरियाबाट अछामको साँफेबगर आउँदै  गरेका कैलाली गौरीगंगा नगरपालिका वडा नं.–८ महादेवा टोल बस्ने २९ बर्षिय रमेश जोशीलाई जिल्ला प्रहरी कार्यालय डोटीले दिउँसो नियन्त्रणमा लिएको हो । ना ५ ख ४१६ नम्बरको गाडीमा अछाम जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय अघी चेकपोष्टमा खानतलासी गर्दा जोशीको साथबाट ६ ग्राम २५० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो प्राप्त गरेका कारण जोशीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक भोला कुमार भट्टले जानकारी दिए। लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाहीका लागी थप अनुसन्धान भईरहको प्रहरी नायब उपरीक्षक  भट्टले बताए ।