डोटीको सिलगढी पिपल्ला तिखा नगर बस सेवा सञ्चालन

डोटीको  सिलगढी पिपल्ला तिखा नगर बस सेवा सञ्चालन

धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिकाको नगर वसले  सिलगढी पिपल्ला एरपोर्ट हुँदै  गाउँ तिखा सम्म नगर बस नगरपालिकाले सञ्चालनमा  गर्ने भएको छ । उक्त नगर बस सेवाको सोमबार  नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले उद्घाटन गरेर सेवा दिन लागेको हो  । 

नगरप्रमुख खड्काले नगरका सम्पूर्ण शाखा सडकहरुको स्तरोन्नति गरि यातायात सेवा सुचारु गर्ने योजना अनुसार काम अगाडी बढेको बताए ।

मंगलबार देखि नियमित रुपमा संचालन आउने नगर बस पिपल्ला बजार देखि बिहान साढे ८ बजे र साँझ ५ बजे तिखा गाउँका लागि छुट्ने छ ।

नगर बसको पिपल्ला देखि तिखा सम्म प्रति यात्रु ५० र सिलगढी देखि तिखा गाउँको प्रति यात्रु १ सय भाडादर तोकिएको छ । 

May be an image of 3 people and people standing