चुरे क्षेत्रको संरक्षणमा ध्यान दिन जरुरी  ः  मन्त्री  सोडारी

चुरे क्षेत्रको संरक्षणमा ध्यान दिन जरुरी  ः  मन्त्री  सोडारी

मसुरिया ६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले  चुरे क्षेत्रको संरक्षणमा ध्यान  दिन जरुरी रहेको बताएका छन् ।

सामुदायिक वन समन्वय समिति गौरीगङ्गाको १५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सोडारीले चुरे क्षेत्रको संरक्षण गर्न नसकिएमा सामुदायिक वन बनाउँदैमा विनास नरोकिने र मरुभूमि बन्ने खतरा रहेको बताएका हुन् ।

कैलालीका प्रमुख सहरका बजारहरू वन मासेर बसेको उल्लेख गर्दै मन्त्री सोडारीले वन अतिक्रमण र विनासले वन्यजन्तुको वासस्थान सङ्कटमा पारेर मानवीय जीवन सुरक्षित हुन नसक्ने बताउँदै यहाँका वनबाट अधिकतम लाभ लिँदै वन्यजन्तु सहितको प्राकृतिक वातावरणको संरक्षण गर्न दिगो वन व्यवस्थापनका नीति तथा कार्यक्रमको गर्नुपर्ने बताए । 

सामुदायिक वनमा सुशासनको हिसाबले धेरै ठुलो विवाद रहेकाले सुरक्षा वन किनारा बस्ने उपभोक्ताले संरक्षण गर्ने तर टाढाका व्यक्तिहरूले अधिकार जमाउने बाह्रवन साझेदारी वन जस्तो बनाउनु गलत भएको  उनले बताए । 

जैविक तथा वन्यजन्तुको आँखाले हेर्ने हो भने मानिसले बनाएका सिमाना लाग्छ तर वन्यजन्तुको कुनै सिमाना नहुने भन्दै समन्वय समितिका माध्यमबाट वन संरक्षणका क्षेत्रमा गरिएका प्रयासहरूले यहाँका जनताको जीवनस्तर सुधार्न गरिएका कामहरू अन्यत्र बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक राजनीतिक आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरू अगुवा नेतृत्व कर्ताहरू रहेकोले सामुदायिक वन समन्वय समितिले नमुना योग्य काम गर्नुपर्ने बताए । 

वन जङ्गलको अथाह सम्भावना भएर पनि नेपालमा विदेशबाट काठ र आलमुनियम ल्याउनु पर्ने हाम्रा काठ वनमा खेरा जाने यहाँ रुख काट्नु वन अतिक्रमण हो भन्ने बुझाइ हुनु जनताले लौरो लिएर जोगाएका प्रकृति रुपमा सदियौँ देखिका रहेका ठुला ठुला रुखको कुन मोडेलमा व्यवस्थापन गर्ने हो नीति बनाइ वनलाई जोगाउने सदुपयोग गर्ने सहितको छलफल गर्न आवश्यक रहेको सोडारीको भनाई थियो ।

सङ्घीय वन ऐनसँग बाझिने गर्ने गरी प्रदेश वन ऐन आएको छ तर लागु गर्न समस्या भइरहेको भन्दै मन्त्री सोडारीले सङ्घीयता कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार बिच समन्वय सहकार्य सहअस्तित्वको सहितको वन संरक्षण गर्नुपर्ने बताए ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका उप प्रमुख खगराज भुसाल, डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत केशव पराजुली, वडा नं ८ का अध्यक्ष करुणा चौधरी र सब डिभिजन वन कार्यालय मसुरिया तथा उदाशीपुरका प्रमुख सन्तोष ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । 

कार्यालय सचिव भीम प्रसाद सापकोटाले आर्थिक वर्ष २०७८र०७९ मा सञ्चालन गरी सम्पन्न भएका कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  समितिका सदस्य नारायण शर्माले आर्थिक वर्ष २०७८र०८९ को ३३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको सभामा सचिव नवीन कुमार बोहराले चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ ४८ लाख ७२ हजार ५ सय २० तथा बाह्य स्रोत बाट सहायता सहयोगको ३ करोड ५४ लाख ४५ हजार २ सय रुपैयाँ  सहितको प्रस्तावित वार्षिक बजेट विवरण प्रस्तुत गरेका थिए । 

३५ वटा सामुदायिक वन उपभोक्ता समूह आबद्ध रहेको समन्वय समितिले गौरीगङ्गा नगरपालिका र यससँग जोडिएको मोहन्याल गाउँपालिका(५ ,  चुरे गाउँपालिका (४ का साथै कैलारी गाउँपालिकाको २,६, ८ र ९ नम्बर वडालाई कार्यक्षेत्र बनाएको छ । कार्यक्षेत्रमा रहेका सामुदायिक वनमा जनचेतनामूलक कार्य गर्नुका साथै वन व्यवस्थापन संरक्षण सम्वद्र्धन तथा स्थानीय बासिन्दाको दिगो विकास र जीविकोपार्जन कार्यक्रम सञ्चालन  गरिरहेको छ ।