डोटीका २८ वर्षीय युवक बेपत्ता

डोटीका २८ वर्षीय युवक बेपत्ता

दिपायल । डोटीका २८ वर्षीय युवक दुई दिन देखि बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका  ७ उजेलीगाउँका चेतराज भट्ट शनिबार देखि बेपत्ता भएका हुन् ।

परिवार स्रोतका अनुसार शनिबार घरबाट निस्किएका उनी गोपघाट हुँदै दिपायल तिर हिँडेका थिए । उनी घरबाट निस्केदेखि आज सम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

नआएको बेपत्ता युवकका काका तपराज भट्टले बताए । इन्जिनियरको पढाई सकेका उनमा ब्रेन ट्युमरको समस्या देखिएको थियो।


परिवार स्रोतले युवकको खोजी कार्यमा सहयोग गरिदिनहुन प्रहरी प्रशासन तथा सबैमा अनुरोध गरेको छ । बेपत्ता युवक भेटाएको खण्डमा ९८४८६२२०३३ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।