आज नेपाल बन्द

आज नेपाल बन्द

धनगढी । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले आज नेपाल बन्दको गरेको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले आज मंगलबार भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन ।  

एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी,देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको गरिएको जनाएको छ ।

त्यस्तै  नेपाल सरकारसंग को सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा धकेलिरहेको उल्लेख गर्दै नेपाल बन्द गरेको छ ।